Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमसीसी परियोजनाका लागि १० कर्मचारी माग (सूचनासहित)

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि १० जना कर्मचारी माग गरिएको छ।

मंगलबार अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एक सूचना जारी गर्दै विभिन्न १० पदमा कर्मचारी माग गरेको हो।

गत आइतबार एमसिसी सम्झौता संसदबाट अनुमोदन भएको थियो। सम्झौता अनुमोदन भएर कार्यान्वयनको चरणमा गएपछि कर्मचारी मागिएको हो।

एमसिए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहयोगीसम्म विभिन्न पदमा विज्ञापन आह्वान गरेको हो। योग्यता पुगेका इच्छुकले मार्च १५ सम्म ती पदमा आवदेन दिन सक्नेछन्।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077