Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अमेरिकाले स्वीकार गर्यो ‘व्याख्यात्मक घोषणा’सहितकाे एमसीसी अनुमोदन

    अमेरिकाले स्वीकार गर्यो ‘व्याख्यात्मक घोषणा’सहितकाे एमसीसी अनुमोदन

    अनलाइन नेपाल
  • बुधबार, १८ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को मुख्यालयले फागुन १५ गते नेपालको संसदले गरेको एमसीसी अनुमोदनलाई स्वीकार गरेको छ ।

    मंगलबार एमसीसी मुख्यालले वासिङ्टनबाट एक विज्ञप्ति जारी गर्दै संसदीय अनुमोदन स्वीकार गरेको जनाएको हो ।



    ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले एमसीसी र नेपाल सरकारबीच भएको ५० करोड डलरको कम्प्याक्टलाई अनुमोदन गर्ने नेपालको संघीय संसदको निर्णयलाई फेब्रुअरी २७ मा स्वीकार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।



    फागुन १५ गते सत्तारुढ गठबन्धन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले नेपालको माग अनुसार ‘व्याख्यात्मक घोषणा’ सहितको एमसीसी अनुमोदन गरेको थियो ।

    एमसीसी सम्झौतामा स्पष्ट नभएका बुँदालाई स्पष्ट पारी ‘व्याख्यात्मक घोषणा’ तयार पारिएको थियो । ‘व्याख्यात्मक घोषणा’ नेपालले एकपक्षिय रुपमा तयार गरेको थियो । सो ‘व्याख्यात्मक घोषणा’का बारेमा भने एमसीसी मुख्यालयले कुनै प्रतिक्रिया जनाएको छैन ।

    एमसीसीले विज्ञप्तिमा कम्प्याक्ट अनुमोदन गर्ने निर्णय सधैं सार्वभौमसत्ता सम्पन्न नेपालसँग रहेको जनाएको छ । सन् २०१७ मा नेपालले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार