Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुर्खेतको वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि हट्ने

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार हट्ने भएको छ । भोलि बिहीवार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै मंगलबार बेलुकीदेखि जारी गरिएको निषेधाज्ञा हट्ने जनाएको छ ।

एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका विभिन्न दलले गरेको विरोध प्रदर्शनका कारण वीरेन्द्रनगर तनावग्रस्त बनेपछि बिहीबार साँझदेखि कर्फ्यू लगाएको थियो ।

स्थिति सामान्य बन्दै गएपछि मंगलबार ७ बजेदेखि वीरेन्द्रनगरका केही क्षेत्रमा मात्र निषेधाज्ञा लागू गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077