Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक: अख्तियारको प्रतिवेदन पेस हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची शनिबार नै सार्वजनिक गरेको थियो ।

कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आ. व. २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि सोही प्रकिया दोर्याउने एमालेको अडान छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077