Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी फागुन २९ गते आइतबारसम्मका स्थगित भएको छ ।

आइतबार निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिला सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस गरेका छन्।

यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सिफारिस ११ सदस्यीय समितिका समेत गठन गरेका छन्।

समितिले काम सुरु गरेको बढीमा ३ महिनाभित्र सिफारिसहितको प्रतिवेदन दिनुपर्नेछ ।  बैठक ७ मिनेटमै सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077