Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मेक्सिकोमा फुटबल हेर्न गएका समर्थकबीच हानाहान

एजेन्सी । मेक्सिकोमा फुटबल हेर्न गएका समर्थकहरुबीच हानाहान भएको छ । आइतबार राति समर्थकहरुबीच हानाहान हुँदा कम्तीमा २६ जना घाइते भएका हुन् ।

मेक्सिकोको स्थानीय लिगका शीर्ष दुई टोलीबीच खेल भइरहेको समयमा समर्थकहरुबीच झडप भएको हो ।

यससँगै क्युरेटारो र एटलासबीचको खेल पनि ६३ मिनेटपछि रोकिएको थियो।

केही खेलाडीहरुले समर्थकहरुलाई झगडा नगर्न सम्झाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन।

झडपमा २६ जना मानिसहरु घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077