Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सिरहामा विद्यालय बन्द गरेर कांग्रेसको निर्वाचन, समाचार संकलनमा अवरोध

सिरहा  । विद्यालय बन्द गरी नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन अन्तर्गत सोमबार सिरहाको गोलबजारमा मतदान जारी छ ।

विद्यालय बन्द गरि भइरहेको निर्वाचनमा समाचार संकलनका लागी पुगेका विभिन्न मिडीयाका सञ्चारकर्मीहरलाई समाचार संकलनमा अवरोध गरिएको छ।

लोकतान्त्रिक पार्टीको जिल्ला अधिवेशनको समाचार संकलनमा रोक लगाएपछि पत्रकारहरुलले क्यामारा लगायतका संचार सामग्री राखेर आन्दोलनमा उत्रेका छन् ।

समाचार संकलनमा अवरोध गरेको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई अनलाइन नेपालले बुझन खोज्दा उनले भने–सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेकोले पत्रकारलाई विद्यालयको परिसर वाहिरैवाट समाचार संकलन गर्न सकिने भनेर रोक लगाएको बताए ।

सिरहाका विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरू घर्नामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077