Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

श्रीमती हत्यामा संलग्न श्रीमान ६ बर्षपछि पक्राउ, इन्टरपोलको सहयोगमा नेपाल ल्याइयो

काठमाडौँ । महानगरीय अपराध महाशाखाले श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई ६ बर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिराहा बिसनपुर गाउँपालिका-५ घर भएका विक्की मुस्कान भन्ने भोगेन्द्र यादव रहेका छन्।

महाशाखाका अनुसार यादवले विसं २०७२ बैशाख १५ गते श्रीमती २५ बर्षिया आरती परियार (यादव)लाई ललितपुर लेले-९स्थित पिआईए पार्क जाने जंगलमा धारिलो हतियारले घांटी रेटी हत्या गरेको अनुसन्धानमा खुलेको थियो ।

घटनापछि कतार गइ लुकेका अभियुक्त यादवलाई सोमबारप्रहरी प्रधान कार्यलय इन्टरपोल शाखाको समन्वयमा कतारबाट कतार प्रहरीको सहयोगले नेपाल ल्याइएको  महाशाखाको भनाइ छ ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान र आवश्यक कानुनी कारवाहीको लागि यादवलाई महानगरीय प्रहरी वृत चापागाउँ ललितपुर पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077