Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस अछामको सभापतिमा पुष्प बहादुर शाह विजयी

    कांग्रेस अछामको सभापतिमा पुष्प बहादुर शाह विजयी

    अनलाइन नेपाल
  • सोमबार, २३ फाल्गुन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको अछाम जिल्ला सभापतिमा पुष्पबहादुर शाह विजयी भएका छन् ।

    दोस्रो चरणको मतदानमा शाहले अर्का उम्मेदवार भरत स्वारलाई पराजित गरेका हुन् ।



    शाहले ७७९ मत पाए भने स्वारले ७११ मत ल्याएका छन् । शाह सभापति शेरबहादुर देउवा पक्षधर हुन् । कुल खसेको १४ सय ९७ मत मध्ये ७ मत बदर भएका छन ।



    यसअघि शनिबार भएको पहिलो चरणमा सभापतिका लागि भरत कुमार स्वाँर, राजन कुँवर र पुष्प बहादुर शाहबिच प्रतिस्पर्धा भएको थियो । तर ५१ प्रतिशत मत नपुगेपछि दोस्रो चरणमा शाह र स्वाँर बिच सभापतिका लागि प्रतिस्पर्धा भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार