Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ‘सुसाइड’ नोट लेखेर एकै परिवारका ५ जनाले गरे आत्महत्याको प्रयास, एकको मृत्यु

    ‘सुसाइड’ नोट लेखेर एकै परिवारका ५ जनाले गरे आत्महत्याको प्रयास, एकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंमा एकै परिवारका पाँचजनाले आत्महत्याको प्रयास गरेका छन् ।  नागर्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका हुन् । जसमध्ये एकजनाको मृत्यु भएको छ ।

    उनीहरु भाडाको फ्ल्याटमा बस्दै आएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिए ।



    मृत्यु हुनेमा रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । श्रीमान–श्रीमती, छोरा, आमा र भतिजो बेहोस अवस्थामा फेला परेका हुन । घटनास्थलमा विषाक्त औषधिको बट्टा फेला परेकाले उनीहरुले आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरी प्रारम्भीक अनुमान छ ।



    बहोस अवस्थामा रहेका अन्य चारजनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोटसमेत बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार