Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : एभर्टनमाथि टोटनह्यामको जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई हराउँदै टोटनह्यामले जित हासिल गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनमाथि ५–० को फराकिलो अन्तरको जित हासिल गरेको हो ।

टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सेन हेङ–मिन र रिगुइलोनले एक–एक गोल गरे। टोटनह्यामले सुरुवाति अग्रता भने उपहार गोलबाट लिएको थियो।

एभर्टनका डिफेन्डर माइकल केनले खेलको १४ औं मिनेटमा आत्मघाती गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए।

यो जितपछि २६ खेलबाट ४५ अंकसहित टोटनह्याम सातौं स्थानमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077