Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतपत्रको चिन्हहरूमा हरियो रङ स्वीकार्य हुँदैन : ओली

    मतपत्रको चिन्हहरूमा हरियो रङ स्वीकार्य हुँदैन : ओली

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।

    मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने आयोगको निर्णयप्रति आपत्ति जनाएका हुन् ।



    उनले निर्वाचन आयोगले मतपत्रका चिन्हहरूमा हरियो चिन्ह राख्नुको कारण बताउनुपर्ने भन्दै यदि यो कुरा सत्य भए निर्वाचन आयोगले त्रूटी सच्याउन आवश्यक रहेको बताए । उनले भने–‘कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजेको हो भने त्यो स्वीकार्य हुँदैन ।’



    अध्यक्ष ओलीले थप भने–‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो राख्ने भयो रे, हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्‍यो । हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन । म अत्यन्त व्यस्त भइरहेको छु । उहाँहरूसँग सोधौँला, बुझौँला । यदि हो भने, कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? के हिसाबले हरियो चिन्ह राख्ने ? अथवा कसैको हरियो देखिने चिन्ह छ त्यसकारण राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने हो ? किन हरियो राख्ने ? यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले नै त्यस्तो त्रूटी सच्याउनुपर्छ । हरियो–सरियो हुँदैन ।’

    आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निर्णय भएको उल्लेख गरेको थियो ।

    कार्यक्रममा अध्यक्ष ओलीले बूढेसकालमा छोरीले नै बा–आमालाई सहारा दिने भन्दै छोरीलाई अभिभावकले स्वतन्त्र चेतनाका साथ बाच्न, उचित शिक्षा दिनेतर्फ सोच्नुपर्ने बताए ।

    उनले भने–‘छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदीबहिनीहरुले पनि छोड्नुपर्छ । छोरा र छोरी उस्तै हुन् । भाग्यमानीले छोरी पाउँछ र बूढेसकालमा स्याहारसुसार पाउँछ । छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन । तर बढ्ता भाग्यमानीले छोरी पाउँछ ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार