Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेस धनुषाको सभापति पदमा फेरि निर्वाचन हुने

    कांग्रेस धनुषाको सभापति पदमा फेरि निर्वाचन हुने

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम  । नेपाली कांग्रेस धनुषाको जिल्ला सभापति पदका लागि पुनः निर्वाचन हुने भएको छ ।

    सोमबार भएको निर्वाचनको मतगणनाबाट कुनै पनि उम्मेदबारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ ।



    सभापति पदका लागि योगनारायण पञ्जियार, सन्तोष यादव र दिनेश प्रसैलाले प्रतिस्पर्धा गरेका थिए । सोमबार भएको निर्वाचनबाट पञ्जियारले सबैभन्दा बढी १ हजार २ सय ४८ मत ल्याए । सन्तोष यादवले ८ सय ८२ र दिनेश प्रसैलाले ६ सय ३० मत ल्याएका थिए ।



    कांग्रेसको विधान अनुसार कसैले पनि ५१ प्रतिशत मत नल्याएका कारण अब बढी मत ल्याउने दुई जना (पञ्जियार र यादव)बीच पुनः प्रतिस्पर्धा हुने छ ।

    सभापति पदका लागि बिहीबार बिहान ८ बजेदेखि पुनः निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

    सन्तोष संस्थापन पक्षका पंजियार बिमलेन्द्र निधि पक्षका र चुनावी दौडबाट बाहिरिएका प्रसैला डा. शेखर कोइराला पक्षबाट उम्मेदवारी दर्ता गराई चुनावि मैदानमा उत्रिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार