Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कांग्रेसका सबै जिल्लाहरुको अधिवेशन सकियो, कुन पक्ष बलियो ? (सूचीसहित)

    कांग्रेसका सबै जिल्लाहरुको अधिवेशन सकियो, कुन पक्ष बलियो ? (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको सबै जिल्लाहरुमा अधिवेशन सकिएको छ । १४ औं महाधिवेशन सकिएको करिब तीन महिना पुग्नै लाग्दा सोमबार बिहान सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले  नयाँ नेतृत्व चयन गरेसँगै बाँकी रहेका जिल्लाको अधिवेशन पनि सकिएको हो ।

    यसअघि कांग्रेसले आन्तरिक विवाद र मौसमको प्रतिकूलतका कारण १६ वटा जिल्लाको अधिवेशन महाधिवेशन भन्दापछि सम्पन्न गर्ने निर्णय गरेको थियो। ७७ वटै जिल्लामा अधिवेशन सकिंदा सभापति शेरबहादुर देउवा पक्ष सभापतिमा बलियो देखिएको छ ।



    निर्वाचन आयोगका अनुसार देउवा पक्षले ४२ र डा. शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । यस्तै, पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले दुई जिल्ला सभापतिमा जित निकालेका छन् ।



    देउवा पक्षबाट विजयी जिल्ला सभापतिहरु

    १. पाँचथर- रूपनारायण जवेगु
    २. ताप्लेजुङ- गजेन्द्रप्रसाद तुम्याहाङ
    ३. ओखलढुंगा- तेजेन्द्र खनाल
    ४. लमजुङ- टकराज गुरूङ
    ५. सल्यान- केशवबहादुर विष्ट
    ६. डोल्पा- दीपेन्द्रबहादुर शाही
    ७. डडेल्धुरा- भीमबहादुर साउद
    ८. म्याग्दी- खमबहादुर गर्बुजा
    ९. मुगु- ऐनबहादुर शाही
    १०. मनाङ- शंकर गुरूङ देउवा
    ११. हुम्ला- मोहनविक्रम सिंह
    १२. बझाङ- खड्क बोहरा
    १३. रामेछाप- पूर्णबहादुर -कान्छाराम) तामाङ
    १४. जुम्ला- कर्णबहादुर शाही
    १५. जाजरकोट- बेदराज सिंह
    १६. डोटी- नरेन्द्रबहादुर सिंह
    १७. रूकुम- प्रेमप्रकाश वली
    १८. पर्वत- युवराज जोशी
    १९. इलाम- डम्बरबहादुर खड्का
    २०. सुर्खेत- खड्ग पोखरेल
    २१. रूपन्देही- रामकृष्ण खाण
    २२. कास्की- किशोरदत्त बराल
    २३. काभ्रे- तीर्थ लामा
    २४. तनहुँ- जितप्रकाश आले
    २५. ललितपुर- जितेन्द्रकुमार श्रेष्ठ
    २६. कञ्चनपुर- पदम बोगटी
    २७. उदयपुर- हिमाल कार्की
    २८. भक्तपुर- दुर्लभ थापा
    २९. बर्दिया- अरूणप्रकाश सिंह राठौर
    ३०. सोलुखुम्बु- नाम्गेल जाङ्बु शेर्पा
    ३१. रसुवा- पेम्वाछिरिङ तामाङ
    ३२. धनकुटा- दिनेश राई
    ३३. कैलाली- नारायणदत्त भट्ट
    ३४. मकवानपुर- बुद्ध लामा
    ३५. पर्सा- जनार्दनसिंह क्षेत्री
    ३६. सर्लाही- सुरेन्द्रप्रसाद सिंह
    ३७. रौतहट- सुनिलकुमार यादव
    ३८. अछाम- पुष्पबहादुर शाह
    ३९. बारा- राजेश राय यादव
    ४०.सिरहा- रामचन्द्र यादव
    ४१. धनुषा- योगेन्द्र पजियार
    ४२. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ

    शेखर पक्षबाट विजयी जिल्ला सभापतिहरु

    १. तेह्रथुम-अर्जुन तुम्बाहाम्फे
    २. खोटाङ- विष्णुकुमार राई
    ३. रोल्पा- किशोर आचार्य
    ४. भोजपुर- विनोद वान्तवा
    ५. प्युठान- विष्णुकुमार गिरी
    ६. अर्घाखाँची- केशव श्रेष्ठ
    ७. काठमाडौं- कृष्णसबुज बानियाँ
    ८. बैतडी- चतुरबहादुर चन्द
    ९. दोलखा- बर्मा लामा
    १०. गोरखा- नन्दप्रसाद न्यौपाने
    ११. कालिकोट- अम्बबहादुर शाही
    १२. संखुवासभा- दीपक खड्का
    १३. रूकुमपूर्व- केशरमान रोका
    १४. मुस्ताङ- रोमीगौचन थकाली
    १५. बाजुरा- रामसिंह रावल
    १६. नुवाकोट- रमेश महत
    १७. नवलपरासी पश्चिम- अर्जुनकुमार पोखरेल
    १८. पाल्पा- हिमालदत्त श्रेष्ठ
    १९. स्याङ्जा- राजु थापा
    २०. दार्चुला- ललितसिंह बोहरा
    २१. दाङ- शंकरप्रसाद डाँगी
    २२. दैलेख- मणिराम रेग्मी
    २३. गुल्मी- खिलध्वज पन्थी
    २४. धादिङ- रामनाथ अधिकारी
    २५. सुनसरी- केदार भण्डारी
    २६. कपिलवस्तु- अब्दुल कलाम खाँ
    २७. चितवन- राजेश्वर खनाल
    २८. महोत्तरी- नागेश्वर यादव
    २९. सिन्धुली- उपेन्द्र पोखरेल
    ३०. सप्तरी- रामदेव साह
    ३१. मोरङ- डिगबहादुर लिम्बू
    ३२. बाँके – नारायण गौडेल
    ३३. नवलपुर- महेन्द्रध्वज जिसी

    सिटौला पक्ष

    १. झापा- देउमान थेबे
    २. बागलुङ- जित शेरचन

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार