Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

‘ई-सेवाको कर्मचारी हुँ’ तपाईलाई २५ लाखको चिट्ठा परेको छ भन्दै अनलाइन ठगी गर्ने युवक पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले ‘खल्ती, ई-सेवा जस्ता वालेट एप्सको कर्मचारी हुँ’ भन्दै अनलाइनमार्फत् ठगी गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  मोरङ रंगेली नगरपालिका-६ पिपलचोकका २० बर्षीय धिरेन कुमार मण्डल रहेका छन्।मण्डललाई ईलाका प्रहरी कार्यालय रंगेली, मोरङसंग आवश्यक समन्यव गरी गत फागुन २२ गते महाशाखाको टोलीले पक्राउ गरेको हो।

महाशाखाका अनुसार ठगी कार्यमा संलग्न उनले पीडितहरुलाई सामाजिक सञ्जाल (फेसबुक, इमो, वाट्सस्याप) मार्फत् सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी रहेको र उक्त खाता नवीकरण गर्नुपर्ने भन्दै पिडितकै आइडीमार्फत् ठगी गर्ने गरेका थिए।

पक्राउ परेका उनले लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको र त्यसका लागि आफ्नो मोबाइलमा आएको ओटिपी कोड लिएर उनीहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्तीजस्ता आईडीमा रकम ट्रान्सफर गर्ने गरेको अनुसन्धानमा खुलेको महाशाखाको भनाइ छ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको महाशाखाले जनाएको छ। यसअघि पनि महाशाखाले ‘खल्ती एप्सको कर्मचारी हुँ’ भन्दै अनलाइन ठगी गर्ने दुई युवकलाई पक्राउ गरी कारवाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077