Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पल-गायिका प्रकरण: बलात्कार आरोपी शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

    पल-गायिका प्रकरण: बलात्कार आरोपी शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 2K
    SHARES

    तनहुँ ।  जिल्ला प्रहरी कार्यालय तनहुँले बाल गायिका बलात्कारको आरोपी पल शाहका लागि मतियारको काम गरेको आरोपमा उनका म्यानेजर कृष्ण जोशी भनिने कृष्णप्रसाद जोशीलाई पक्राउ गरेको छ।

    तनहुँ प्रहरी स्रोतका अनुसार जोशीलाई घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बलात्कारका लागि बालिगलाई फकाउने र प्रबन्धमा संलग्न देखिएको भन्दै पक्राउ गरिएको हो।



    जोशीलाई आजै शुक्रवार  जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद समेत लिएर अनुसन्धान थालिएको प्रहरी स्रोतको भनाइ छ।



    अभिनेता शाहविरुद्ध प्रहरीमा जाहेरी परेपछि जोशीले केही युट्युब च्यानलमा नाबालिगसँग मिलेर आफूहरूले पललाई फसाउने षड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले त शाहको हत्याको योजना समेत बनाएको दाबी गरेका थिए।

    यता, अभिनेता शाहलाई तनहुँ प्रहरी र नवलपरासी प्रहरीले नाबालिगको बलात्कार गरेको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार