Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • आउँदो निर्वाचनमा कांग्रेसले एक्लै ४५ लाख भोट ल्याउने महामन्त्री थापाको दाबी

    आउँदो निर्वाचनमा कांग्रेसले एक्लै ४५ लाख भोट ल्याउने महामन्त्री थापाको दाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो निर्वाचनमा ४५ लाख भोट ल्याउने बताएका छन् । शुक्रबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसले आउँदो निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका हुन् ।

    देशभरबाट ४५ लाख मत ल्याउन कांग्रेसलाई अरु पार्टीको सहारा लिनु नपर्ने उनले बताए । ‘रुखलाई छाडेर अर्को चुनाव चिह्नमा भोट हाल्नु पर्दछ भन्नेतर्फ लागे हाम्रो तागतमा ठूलो ह्रास आउँछ भन्ने कुरा मलाई लाग्छ । मलाई विश्वास छ पार्टीको नेतृत्वले यो कुरा बुझ्छ,’ महामन्त्री थापाले भने । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ घटकबीच आउँदा निर्वाचनहरुमा पनि तालमेल गराउने योजनामा छन् ।



    दाहाल गठबन्धन गरेर चितवन–३ बाट फेरि उम्मेदवार हुने तयारीमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि यसप्रति लचक देखिन्छन् । तर कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशनबाट गठित नयाँ कार्य समितिको पदस्थापन कार्यक्रममा बोल्ने प्रमुख अतिथि थापालगायत अन्य केन्द्रीय र जिल्ला तहका नेताले भने चितवनमा गठबन्धन नगर्न माग गरेका छन् ।



    यस्तै चितवन कांग्रेसका पुराना नेतासमेत रहेका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा पार्टी केन्द्रले चुनावी गठबन्धन गरे विद्रोह हुने चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार