Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

भक्तपुरको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटियो

काठमाडौं । भक्तपुरमा फेरि बर्डफ्लू भेटिएको छ। जिल्लाको सूर्यविनायक नगरपालिका–१० स्थित जगतलक्ष्मी सुजखुले सञ्चालन गरेको सुवाल पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो।

यसअघि गत साता सूर्यविनायक–१० का दुई फार्ममा बर्डफ्लू भेटिएको थियो।

सुवाल पोल्ट्री फार्मका कमर्सियल लेयर्स कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परीक्षण गर्दा बर्डफ्लू रोग एचपिए वानको सबटाइप एच फाइभ एच वान नतिजा प्राप्त भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।

उक्त फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली, २०७८ अनुसार उक्त फार्मका कुखुरा, चल्ला तथा कुखुराजन्य पदार्थ दाना, सुली, अण्डा नियन्त्रणमा लिई नष्ट गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077