Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली भूमिमा भारतले डोजर चलाउँदा सरकार मौन बस्यो: भीम रावल

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद रावलले दार्चुलाको बंगाबगरमा भारतले एकतर्फी डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका हुन् ।

भारतको उक्त कदमप्रति आक्रोशित बनेका उनले यसबारे नेपाल सरकार मौन बसेको भन्दै सरकारको जवाफ समेत मागेका छन्। साथै एमसीसी सम्झौता अनुमोदन भइसकेपछिको अवस्थाबारे पनि सदनलाई जानकारी दिन सांसद रालवले माग गरेका छन् ।

यस्तै, सांसद प्रेम सुवालले भने लिपुलेकसहितका क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् ।

बैठकमा सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ भने  प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल गर्ने कार्यसूची रहेको छ।

संसदमा एमाले सांसदहरुले भने नारावाजी गरिरहेका छन्। एमालेले गत २३ भदौदेखि संसद बैठक अवरुद्ध गर्दै आएकाे छ । एमाले विभाजनमा सभामुख सापकाेटामको भूमिका रहेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077