Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमसीसी अनुमोदनपछिको अवस्थाबारे सदनलाई जानकारी गराउन भीम रावलको माग

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले एमसीसी सम्झौता अनुमोदन भइसकेपछिको अवस्थाबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद रावलले एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन माग गरेका हुन्।

यस्तै, पार्टीका सांसदहरुले संसदमा नारावाजी गरिरहँदा रावलले भने भारतले नेपाली भूमि हडपेकोमा आपत्ति समेत जनाए।

नेपाली भूमि दार्चुलाको बंगाबगरमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै उनले यसबारे सरकारको जवाफ समेत मागेका छन् ।

यस्तै, सांसद प्रेम सुवालले भने लिपुलेकसहितका क्षेत्रमा भारतले सीमा अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077