Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  •  होण्डाको एक्स्चेन्ज क्याम्प: जुनसुकै ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्जमा ७ हजार बोनस पाइने

     होण्डाको एक्स्चेन्ज क्याम्प: जुनसुकै ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्जमा ७ हजार बोनस पाइने

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 864
    SHARES

    काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.ले बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प गर्ने भएको छ।

    यही फाल्गन २२ गतेदेखि चैत्र १७ गतेसम्म काडमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।



    कम्पनीका अनुसार यस एक्स्चेन्ज क्याम्पको अविधिभर ग्राहकहरुले कुनै पनि ब्राण्डको बाइक तथा स्कुटर एक्स्चेन्ज गरी होण्डाको बाइक वा स्कुटर चढ्न सक्नेछन् ।



    ग्राहकहरुले आफ्नो साधनको एक्स्चेन्जमा विभिन्न सेवासुविधाका साथै प्रचलित बजार मुल्यभन्दा रु ७ ००० अतिरिक्त एक्स्चेन्ज बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

    यस एक्स्चेन्ज क्याम्प कति गते कुन  ठाउँमा आयोजना हुन्छ भन्ने जानकारीहरु विस्तृत रुपमा बुझ्नको लागि होण्डाको फेसबुक पेज वा टोल फ्रि नम्बरमा कल गर्न सकिने कम्पनीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार