Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नेपालमा लन्च गरियो होण्डाको नयाँ एमेज २०२१

    नेपालमा लन्च गरियो होण्डाको नयाँ एमेज २०२१

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.1K
    SHARES

    काठमाडौं। नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको MMC एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।

    यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स LED प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको LED DRL’s का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल् याम्पले सबैको ध्यान आकर्षण गर्नेछ । यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक R-15 एलोए व्हीलस् हो ।



    त्यसैगरी यस एमेज २०२१ मा गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा रहेको छ र यस कारले सुरक्षाका लागि NCAP बाट ४ स्टार सेफ्टी रेटिङ्ग समेत प्राप्त गरेको छ । यसका साथै यस कारमा पहिलो पटक आफ्नो क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड CVT गियरबक्स् रहेको छ ।



    यस कारमा रहेको स्ल्कि सोलिड विङ्ग फेस फ्रन्ट ग्रिलले यसको डिजाइनलाई अझ आकर्षित गरेको छ । अटोमेटिक हेडलाइट कन्ट्रोलका साथ लाइट सेन्सर, प्रिमियम C- Shaped LED कम्बिनेसन ल्याम्प, क्रोम डोर ह्याण्डल जस्ता यस कारका अन्य विशेषताहरु पनि रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार