Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बहु प्रतिक्षित होण्डा CB 350 RS अब नेपालमा

    बहु प्रतिक्षित होण्डा CB 350 RS अब नेपालमा

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ।  नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहु प्रतिक्षित होण्डाको CB 350 RS नेपाली बजारमा आज लन्च गरेको छ ।

    नेपालमा होण्डा CB मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस CB 350 RS ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ ।



    आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक डूअल टोन फ्यूल ट्ंयाकमा ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र पिन स्ट्रिपिङ्ग फ्यूल ट्ंयाकमा रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ ।



    एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् ।

    नेपाली बजारमा यस CB 350 RS को मूल्य रु ७,७५,००० तोकिएको छ । थप जानकारीका लागि  होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार