Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउदीका राजकुमार सोमबार नेपाल आउँदै

काठमाडौं । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद भोलि नेपाल आउने भएका छन् ।

उनी सोमबारदेखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077