Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिरहामा कार दुर्घटना एक युवकको मृत्यु, तीन जना घाइते

सिरहा । सिरहामा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेको ज्यान गएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाइएको छ । अन्य दुईजनाको स्थानीय स्तरमै उपचार भइरहेको छ ।

आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना लगतै कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077