Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई भीम रावलको काउन्टर: 'दिमाग मेरो होइन तपाईको खुस्केर होस हराए जस्तो छ'

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेर बहादुर देउवालाई काउन्टर 'जवाफ' फर्काएका छन् । सोमबार प्रधानमन्त्री देउवाले नुवाकोटमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र रावल रक्षामन्त्री भएको मन्त्रिपरिषद् बैठकले एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको भन्दै 'उसबेला दिमाग खुस्क्याथ्यो?' भन्दै प्रश्न गरेका थिए। जवाफमा रावलले भनेका छन्, 'तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रधानमन्त्रीको या त आफ्नै 'दिमाग खुस्केर' होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।' रावलले आफू ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला उपप्रधानसहित रक्षामन्त्री रहेको बताउँदै एमसीसी सम्झौता संसदमा ल्याएको बेला नभएको स्पष्ट पारेका छन्। यस्तै, रावलले प्रधानमन्त्री देउवाले एमसीसीमा 'किन रावललाई मात्र टाउको दुख्छ'को समेत जवाफ दिएका छन् । उनको भनाइ छ, 'प्रधानमन्त्री देउवाले 'किन रावललाई मात्र टाउको दुख्छ' भन्ने प्रश्न गर्नुभएको रहेछ । उत्तर हेर्नुहोस्- नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहीत स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईंको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर 'टाउको दुखेको' हो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077