Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साउदी अरबका राजकुमार र नेपालबीचको द्विपक्षीय बैठक आज

काठमाडौं । नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् ।

हिजो बेलुकी नेपाल आएका उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न लागेका हुन् ।

उनले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्ने र पारस्परिक सहयोग अभिवृद्धि सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् । आजै दिउँसो उनी स्वदेश फर्कने कार्यक्रम छ । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल २३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै निजी विमानमार्फत् फागुन हिजो बेलुकी नेपाल आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077