Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

विद्यालयका परीक्षा र नतिजा वैशाखमै, नयाँ शैक्षिक सत्र जेठबाट

काठमाडौं । नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय सरकारले गरेको छ । त्यसका लागि आगामी वैशाखभित्रै विद्यालयहरुले परीक्षा र भर्ना अभियान सकिसक्नुपर्ने भएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले चैत मसान्तसम्म पठनपाठन सक्नुपर्नेछ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नु पर्नेछ भने नयाँ भर्ना अभियान पनि वैशाखमै सक्नुपर्ने छ ।

‘शैक्षिक सत्र ०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रूपमा पठनपाठन सञ्चालन गर्नुपर्दछ,’ केन्द्रले आज सूचना निकालेर भनेको छ, ‘विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू वैशाखमा मात्र सञ्चालन गर्ने र नतिजा प्रकाशनको कामसमेत वैशाखमै सक्ने।’

कोरोना संक्रमणको कारण यसअघिका दुई शैक्षिक सत्र विद्यार्थीको पठनपाठन खलबलिएको छ । अहिले परिस्थिति सहज बन्दै गएकाले जेठबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय शिक्षा मन्त्रालयले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077