Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेद्धारा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा निर्देशक समिति गठन

काठमाडौं । नेकपा एमालेले नीति अनुसन्धान प्रतिष्ठान निर्देशक समिति गठन गरेको छ ।

अध्यक्ष केपी ओलीको निवास बालकोटमा मंगलवार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा निर्देशक समिति गठन गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार समितिमा उपमहासचिव प्रदिप ज्ञवाली र स्थायी कमिटी सदस्य डा. राजन भट्टराई छन् ।

त्यस्तै पूर्वअर्थमन्त्री युवराज खतिवडा डा. दिनेश देवकोटा डा. अन्जान शाक्य डा. राजेश अहिराज र अजय शर्मा रहेका छन् । यस्तै बैठकले केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बोलाउने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077