Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्र चितवनको इन्चार्जमा रेनु दाहाल, अधिकारीले पाए संयोजकको जिम्मेवारी

चितवन । नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई दिइएको छ।

बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्जको जिम्मेवारी दिइएको हो ।

यस्तै, चितवन जिल्ला संयोजकको जिम्मा भने रामचन्द्र अधिकारी (आरसी)ले पाएका छन्। अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए।

माओवादी केन्द्रको आठौं महाधिवेशनपछि जिल्ला इन्चार्जहरु तोकिएका थिएनन् । हालै बसेको केन्द्रीय समितिको बैठकले आफ्नो प्रदेशभित्रका जिल्ला इन्चार्ज तोक्ने अधिकार प्रदेश समितिलाई दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077