Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जुवा खालबाट करिब चार लाख नगदसहित १९ पक्राउ

काठमाडौं । गोरखामा जुवा खेलिरहेको अवस्थामा करिब चार लाख नगदसहित १९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सौरपानीमा जुवा खेलिरहेका १९ जनालाई तीन लाख ९० हजार आठ सय ४० रूपैयाँसहित पक्राउ गरिएको हो ।

उनीहरूले कौडा खेलेका थिए । उनीहरूलाई गए राति करिब १ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गत पर्ने सौरपानीको स्थानीय एक घरको आँगनमा उनीहरूले जुवा खेलेका थिए।
उनीहरुमाथि कानुनअनुसार कारबाही गरिने प्रहरीले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077