Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहामा पेस्तोल र गोलीसहित एक जना पक्राउ

सिरहा । सिरहाको धनगढी नगरपालिका वडा नम्वर ११ आँप चोकबाट एक थान ईटालियन पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादव रहेका छन् ।

उनको साथबाट पेस्तोलसिहत सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077