Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेकपा विप्लव नेतृत्वको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुको शिवगडिमा शुक्रबारबाट सुरु १२औ पूर्ण बैठकले आगामी रणनीति तय गर्ने छ ।

हिजोको बैठकमा पार्टीका महासचिव विप्लवले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव राखेका छन् । पार्टी केन्द्रीय कार्यालयका अनुसार आज महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । तर, उनको प्रस्तावमा केही नेताले असन्तुष्टि जनाएका छन्।

बैठकले आसन्न स्थानीय तहको निर्वाचनबारे निर्णय गर्नेछ । महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनावमा भाग लिनुपर्ने पक्षमा छन् । भने बाँस्तोला र हेमन्तप्रकाश ओलीलगायत सचिवालयका नेता निर्वाचनमा सहभागी हुन नहुने बताउँदै आएका छन् ।

जनक्रान्तिको मार्गचित्र अनुसार अघिबढ्नुपर्ने उनीहरुको माग छ । पार्टीमा आगामी निर्वाचन सदुपयोग गर्ने वा बहिस्कार भन्ने विषयमा मत विभनजन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077