Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आगामी चुनावमा सत्ता साझेदार दलहरुबीच गठबन्धन हुनसक्छ : प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चुनावमा सत्ता साझेदार दलहरुबीच गठबन्धनको सम्भावना रहेको बताएका छन् ।

शनिवार नेपाल प्रेस युनियन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता डा. महतले कांग्रेसले गठबन्धन गर्दा निर्वाचनमा जितको सुनिश्चितता हेर्ने बताए ।

निर्वाचनमा गठबन्धन गर्दा धेरै सिट जितिन्छ कि नगर्दा धेरै जितिन्छ त्यो आँकलन गरेर मात्रै गठबन्धन गर्ने वा एक्लै चुनाव लड्ने निर्णय हुने बताए ।

सत्ता गठबन्धनमा रहेका दलहरुको प्रस्तावलाई पनि हेरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077