Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

उपत्यकामा जुवा खालबाट २९ जना पक्राउ, ११ लाख बरामद

काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–८ बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका श्याम महर्जनलगायत ११ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

गए राति विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मङ्गलबजारबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु छ लाख ९८ हजार ८४५ र २२ थान कौडा, पासा खेल्न प्रयोग हुने १९ थान लामो र सानो गोटी, त्यसमा प्रयोग हुने थर्पु कपडा बरामद गरेको छ ।

यता काठमाडौँ महानगरपालिका–१५ कारखाना चोकस्थित मञ्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ नागार्जुन नगरपालिका–२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोकका ४९ वर्षीय दोर्जे तामाङलगायत आठ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नगद रु तीन लाख ६१ हजार तथा तीन बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राईलगायत १० जनालाई गए राति पक्राउ गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट रु ४० हजार ९०० र तीन बुक तास बरामद गरेको छ । तीनै वटा घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।-रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077