Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सिंहदरबारभित्रको वीर अस्पतालको हेल्थ डेक्स पुनः सञ्चालनमा

काठमाडौं । सिंहदरबार परिसरभित्र पुनः हेल्थ डेस्क सेवा सञ्चालनमा आएको छ । कोरोनाका कारण केहि समय रोकिएको हेल्थ डेस्क सेवा आजदेखि पुनःसञ्चालनमा आएको हो ।

आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले वीर अस्पतालले सिंहदरबार परिसरभित्र सञ्चालन गरेको हेल्थ डेस्क संचालनमा आएको हो। हेल्थ डेस्कको उद्घाटन मुख्य सचिव शंकरदास वैरागीले गरे।

सात हजार बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौं सेवाग्राही आउने देशको प्रमुख केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार परिसरभित्र वीर अस्पतालले हेल्थ डेक्स सञ्चालनमा ल्याएको हो ।

२०७४ साल फागुन १६ गते स्थापना भएको उक्त स्वास्थ्य सेवा केन्द्र कोभिड–१९ फैलिन थालेपछि र स्थानको अभावले डेक्स बन्द रहेकोमा हाल प्रधानमन्त्री कार्यालयको अनुरोधमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले फेरि चालु गरेको हो ।

हेल्थ डेक्स स्वास्थ्य सेवाको शुभारम्भ वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. भुपेन्द्र बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी गरेका हुन् ।

बिहान १० देखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी प्रवेशद्वारसँगै साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रहेको भवनबाट सेवा शुरु भएको हो ।

डेक्समा अक्सिजनसहित बेड, स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, सुगर, ड्रेसिङ्ग लगायत जाँच गरिन्छ भने सुविधासम्पन्न एम्बुलेन्ससमेत रहने सिंहदरबार हेल्थ डेक्सका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए । उनले भने–‘समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नसा, नाक, कान, धाँटी, छाला, महिला रोगलगायत विषेशज्ञ चिकित्सकले सेवा दिने योजना रहेको छ ।’

स्वास्थ्य परामर्श दिँदै आवश्यक औषधिसमेत दिइन्छ । स्वास्थ्य अवस्था र आवश्यक हेरेर सरकारी अस्पतालमा रेफर गरिने बताइएको छ । कर्मचारीलाई तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचलाई कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस् भन्नका लागि यो हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो ।

हेल्थ डेक्सले कर्मचारीका साथै सिंहदरबारभित्र आउने सेवाग्राहीलाईसमेत स्वास्थ्य सेवा प्रदान गर्नेछ । आवश्यकताको आधारमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नसा रोग, नाक–कान–घाँटी रोग, छाला, स्त्रीरोगलगायत विशेषज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको पनि अस्पतालले जनाएको छ ।

उनका अनुसार प्रधानमन्त्री कार्यालयको पूरै निर्माणकार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भुइँ तल्लामा सुविधा सम्पन्न हेल्थ डेक्स र ऐम्बुलेन्ससहित सञ्चालन हुनेछ ।

हेल्थ डेस्कले कर्मचारीका साथै सिंहदरबारभित्र आउने सेवाग्राहीलाई समेत स्वास्थ्य सेवा प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077