Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कार्यकक्षमा नै वडाध्यक्षको निधन

    कार्यकक्षमा नै वडाध्यक्षको निधन

    अनलाइन नेपाल
  • सोमबार, ७ चैत्र २०७८
  • 1.1K
    SHARES

    सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ । आज कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्क घातका कारण उनको निधन भएको हो ।

    बेहोस भएका लामालाई कपिला कोट स्वास्थ्य चौकीमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानीराज बमजनले जानकारी दिए ।



    लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमानदार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र ठूलो क्षति व्यहोर्नुपरेको बमजनले बताए ।



    लामा नेकपा माओवादीबाट विसं २०७४ को स्थानीय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार