Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१८ वर्षदेखि जेल जीवन विताइरहेका ‘बिकिनी किलर’ चार्ल्स शोभराज छुट्लान ?

काठमाडौं । सन् २००३ देखि नेपालमा जेल जीवन विताइरहेका अपराधी चार्ल्स शोभराज गुरूमुखको बन्दीप्रत्यक्षीकरण मुद्दाको आज सुनुवाइ हुँदै छ ।

‘बिकिनी किलर’ भनेर चिनिएका शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

७७ वर्षीय उनले गत ७ पुसमा उमेरका कारण कैद मुक्त हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता शकुन्तला थापामार्फत रिट दायर गरेका थिए ।

नेपालको कानून अनुसार असल चालचलन भएका ७० वर्ष माथिका कैदीलाई ७५ प्रतिशत कैद छुट दिने कानुनी सुविधा छ । सोहीअन्तर्गत उनले कैद छुटको माग गर्दै रिट दिएका हुन् ।

सन् १९७५ मा अमेरिकी र क्यानेडियन नागरिकको काठमाडौं र भक्तपुरमा दुई दिनको अन्तरमा भएको हत्या घटनामा उनी दोषी ठहरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077