Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ब्यापार सहजीकरण र सुधारमा वीरगञ्ज भन्सारको अग्रता, १०३.६ प्रतिशत राजश्व लक्ष्य हासिल

    ब्यापार सहजीकरण र सुधारमा वीरगञ्ज भन्सारको अग्रता, १०३.६ प्रतिशत राजश्व लक्ष्य हासिल

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.6K
    SHARES

    पर्सा । ब्यापार सहजीकरण तया कार्यालय सुधारमा वीरगञ्ज भन्सार कार्यालय अग्रणी देखिएको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म १०३.६ प्रतिशत राजश्व लक्ष्य हासिल गरेको छ । राष्ट्र बैंकको प्रतिपत्र सम्बन्धि नयाँ नियम लागू भएपछि राजश्व संकलनमा दबाब देखिए पनि भन्सार कार्यालयले १०३.६ प्रतिशत राजश्व लक्ष्य हासिल गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल बताउँछन् ।

    भन्सार कार्याललयको प्रमुख चुनौतीको रुपमा देखिएको बेरुजु फछ्र्यौटको लागि कार्यालयले डेडिकेटेड टिम बनाएर काम गरेसँगै ८८४ फर्महरु कारबाहीमा परेका छन् । पोखरेल प्रमुख भएपछि मात्रै भन्सार कार्यालयले ती फर्महरुलाई कारबाहीको दायरामा ल्याई करिव ९४ करोड बराबरको रकम सम्परीक्षणको लागि महालेखा परीक्षकको कार्यालयमा पठाइएको छ ।



    पोखरेल कार्यालय प्रमुख भएर आएपछि भन्सार कार्यालयको कार्य सम्पादनमा चुस्तता आएको व्यापारीहरु नै बताउँछन् । पोखरेलकै पहलमा भन्सार बुझाइएको सामानहरुको मुद्दा फछ्यौट हुन वर्षौं लाग्ने परम्परा पनि तोडिएको छ । हालसम्म ८० प्रतिशत भन्दा बढी मुद्दा फछ्यौट भई राजश्व दाखिला भएको पनि भन्सार कार्यालयले जनाएको छ ।



    सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीको रुपमा रहँदा वाढी पहिरो जस्ता विपदको कुसल व्यवस्थापन गरेका सहसचिव पोखरेल पछिल्लो समयमा भन्सार गस्तिमा समेत आफै खटिएका छन् । कार्यालय प्रमुख नै गस्तिमा सहभागी हुँदा र सुराकी परिचालन भएसँगै चोरी निकासी नियन्त्रणमा आउनेक्रम जारी रहेको र लाखौं मूल्य बराबरका कपडालगायतका सामाग्रीहरु बरामद भएको पनि भन्सार कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार