Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुख्खा पहिरोले स्काभेटर पुरिएपछि दाङ–सल्यान सडक अवरुद्ध

काठमाडौं । सल्यानको सुक्खा पहिरोले एक्स्काभेटर पुरिएको छ । दाङ-सल्यान सडक खण्डमा झरेको पहिरोले स्काभेटर पुरिएको हो ।

सल्यानको कपुरकोट-३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो ।

पहिरोसँगै झरेका ठूला-ठूला ढुंगाले एक्स्काभेटरको केही भाग पुरिएको छ । भने अपरेटर हिमनाथ योगी सामान्य घाइते छन् ।

अहिले उक्त सडक खण्ड पूर्ण रुपमा बन्द रहेको प्रहरीले जनाएको छ । जोखिमयुक्त स्थान भएकाले एक्स्काभेटर निकाल्न र पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आउन अझै समय लाग्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077