Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यू–१८ महिला साफ : नेपाल बंगलादेशसँग फेरि पराजित

काठमाडौं । भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । यो हारसँगै नेपाल प्रतियोगितामा जितविहीन बनेको छ ।

भारतको जमसेदपुरमा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएपनि जोगाउन नसक्दा २-१ गोल अन्तरले पराजित भएको हो । खेलको चौथो मिनेटमा अमिशा कार्कीको गोलमार्फत नेपालले सुरूवाती अग्रता लिएको थियो ।

६८औं मिनेटमा कप्तान साम सुनाहारले गोल गर्दै बंगलादेशलाई १–१ को बारबरीमा ल्याइन् । ८४औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगादेशलाई २–१ को रोमाञ्चक जित दिलाइन् ।

यसअघिको खेलमा पनि बंगलादेशसँग ४-२ ले पराजित भएको थियो । तीन टिम सहभागी च्याम्पियनसिपमा नेपाल सबै चार खेलमा पराजित हुँदै जितबिहिन बन्यो ।

यसपटक तीन टिम भएकोले डबल राउण्ड रोविनका आधारमा खेल भएको थियो । नेपालले भारतसँग ७–० र ५–१ ले हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077