Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, अध्यक्ष र महासचिवका प्रतिवेदनमाथि छलफल

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक बुधबारदेखि काठमाडौंमा जारी छ ।

बुधबार पेश भएको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनमाथि आज केन्द्रीय कमिटी बैठकमा छलफल हुँदैछ।

स्थानीय तहको चुनावका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न बोलाइएको बैठकमा बुधबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको थियो ।

बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत ११ कार्यसूची छन् । बुधबारको बैठकमा शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले पार्टी अध्यक्ष ओलीसमक्ष आज शपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077