Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमालेले कहिले गर्ला चुनावी घोषणापत्र सार्वजनिक ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय तहबाट चुनावी घोषणा पत्र र स्थानीय तहबाट प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने भएको छ ।

आगामी ३० वैशाखमा एकैपटक हुने स्थानीय तहको निर्वाचनको २१ दिनअघि अर्थात् पार्टी स्थापना दिवसको अवसर पारेर चुनावी घोषणा पत्र र स्थानीय प्रतिबद्धता पत्र सार्वजनिक गर्न लागेको हो ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले केन्द्रीय तहबाट चुनावी घोषणा पत्र बनाउने तथा पालिका तहले अलग्गै प्रतिबद्धता पत्र बनाउनु पर्ने प्रस्ताव गरेका छन्, जसलाई आजैको बैठकले अनुमोदन गराउनेछ ।

‘पार्टीको केन्द्रिय कमिटीका तर्फबाट वर्तमान राजनीतिक परिस्थिति, पार्टीका मुख्य नीतिहरु, आगामीमा कार्यदिशा तथा ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा पूरा गर्न राष्ट्रियस्तरमा भएका काम र स्थानीय विकास तथा समृद्धिसम्बन्धी हाम्रो परिकल्पना, कार्यक्रम र मार्गचित्र समेटेर घोषणा पत्र सार्वजनिक गर्ने, यो काम पार्टी स्थापना दिवस ९ वैशाख २०७९ का दिन गर्ने,’ ओलीले केन्द्रीय कमिटीले गर्नुपर्ने कार्यका बारेमा प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077