Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ

सर्लाही । प्रहरीले लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्वर ६ बाट प्रहरी चौकी पर्साले लागूऔषध सहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नम्वर १३ बस्ने उमेश कुमार सिंह रहेको सर्लाहीका प्रहरी प्रवक्ता माथव प्रसाद बुढाथोकीले जानकारी दिए ।

प्रहरीले प्रदेश ३–०२–०११प ७०३२ नम्वरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा उनलाई लागूऔषध सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका सिंहबाट चेकजाँचका क्रममा कोल्डबेल १०० बोतल र डायलेक्स–डिसि ५० बोतल लागुऔषध बरामद गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077