Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चैतभित्रै मेलम्चीको पानी काठमाडौं झार्ने तयारी, चुनावका कारण दबाबमा सरकार

    चैतभित्रै मेलम्चीको पानी काठमाडौं झार्ने तयारी, चुनावका कारण दबाबमा सरकार

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने योजनासाथ तिब्र रुपमा काम भइरहेको जनाएको छ ।

    खानेपानी मन्त्रालयले अस्थायी रूपमा संरचना निर्माण गरेर भए पनि चैत्रभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन काम गरिरहेको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।



    गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो । मन्त्रालयका अनुसार सुरूङको गेट नम्बर १, ९ र ३८ सफा गर्ने काम भइरहेको छ भने अम्बाथान अडिटमा जम्मा भएको थेग्रिनी सफा गर्ने काम भइरहेको छ ।



    मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी मोटरेबल पुल निर्माण भएका छन्। मेलम्ची क्षेत्रमा प्रवेश गर्ने बाटो र तीन वटा स्थायी पुल बनाउने जिम्मा सडक विभागलाई दिइएको छ।

    चुनाव नजिकिएका कारण मेलम्चीको पानी अस्थायी रूपमा भए पनि काठमाडौं झार्नैपर्ने दबाबमा सरकार छ।

    हेडवर्क्स वरपर ठूलो मात्रामा थेग्रिनी छ। थेग्रिनी सफा गर्ने क्रममा ठूला–ठूला चट्टान फेला परेका छन्। ती चट्टान विस्फोटक पदार्थ प्रयोग गरेर फुटाउँदै हटाउने काम भइरहेको छ।

    सुरूङ परीक्षणका लागि भनी असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरूङमा पानी बन्द गरेको थियो। त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो।

    गत असार २ गते मेलम्ची नदीमा आएको बाढीले आयोजनामा ठूलो क्षति गरेको थियो। बाढीका कारण मुख्य सुरूङ नै टालिएको थियो। गत वर्षको चैत १७ गतेबाट राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो। वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार