Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट बिजुली किन्दा प्राधिकरणलाई दैनिक २२ करोड रुपैयाँ भार थपिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने बताएका छन् ।

बिहिबार पत्रकार सम्मेलनमा घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताएका हुन् ।

भारतमा विजुलीको माग उच्च भएपछि विद्युत प्राधिकरणले केही दिनयता विजुली किनेको थिएन ।घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महंगो परेको बताए ।

महंगोमा बिजुली किन्नुपर्दा प्राधिकरणलाई दैनिक २०-२२ करोड रूपैयाँको अतिरिक्त व्ययभार थपिएको बताएका छन् । यही मूल्यमा बिजुली किनेर लामो समय प्राधिकरणले धान्न नसक्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077