Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

काठमाडौं । फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा थाइल्यान्डसँग नेपालले हार व्यहोरेको छ । बिहीबार चोनबरीमा भएको खेलमा नेपाल थाइल्यान्डसँग २-० ले गोलले हार व्यहोर्न बाध्य भएको हो ।

पहिलो हाफ बराबरीमा सकिएकोमा थाइल्यान्डले दुवै गोल दोस्रो हाफमा गरेको हो । थाइल्यान्डले खेलको ७७ औँ र ८८ औँ मिनेटमा गोल गर्‍यो ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्यान्डसँग खेलेको हो ।

यसअघि नेपालसँग खेलका दुई खेलमा थाइल्यान्ड विजयी भएको थियो । यस्तै नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077