Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यस्तो छ चैत्र ११ गते शुक्रवारको राशिफल

    यस्तो छ चैत्र ११ गते शुक्रवारको राशिफल

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज २०७८ चैत्र ११ गते शुक्रवारको राशिफल ।

    मेष



    मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।



    मिथुन

    कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका र अधुरा काम पुनः सुरु हुन सक्छन् । जागिर र कर्म प्रति चिन्तन बढ्नेछ ।

    सिंह

    आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता पनि लिनसक्छ ।

    तुला

    विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । नयाँ भौतिक साधनको योजना बन्ला । पारिवारिक रमाइलो समेत हुन्छ ।

    धनु

    रचनात्मक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ ।

    कुम्भ

    आज नयाँ योजना र अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तानबाट सुख पनि मिल्ला ।

    बृष

    आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

    कर्कट

    आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ ।

    कन्या

    मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

    बृश्चिक

    खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मङ्गल कार्यको योजना बन्नेछ ।

    मकर

    आज सानातिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्य प्रति सजग रहन जरूरी छ ।

    मीन

    आज धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार