Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिलीमाथि विश्वकप छनोटमा ब्राजिलको शानदार जित

एजेन्सी । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा घरेलु टोली ब्राजिलले जित हात पारेको छ ।

ब्राजिलले आज बिहान सम्पन्न खेलमा चिलीमाथि ४–० को शानदार जित हात पारेको हो ।

माराकान स्टेडियममा खेलको ४४ औं मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो ।

पहिलो हाफको थप गरिएको समयमा भिनिसियस जुनियरले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

७२ औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए ।

९० औं मिनेटमा रिचार्लीसनले गोल गर्दै घरेलु टोलीलाई ४–० को शानदार जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077