Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्तर कोरियाले किन गर्‍यो अमेरिकासम्म पुग्न सक्ने मिसाइलको परीक्षण ?

एजेन्सी। उत्तर कोरियाले बिहीबार आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको घोषणा गरेको छ ।

२०१७ पछि  पहिलो पटक  उत्तर कोरियाले प्रतिबन्धित(आईसीबीएम) परीक्षण गरेको हो ।

आईसीबीएम लामो दूरीको मिसाइलहरू हुन् जो अमेरिकामा पुग्न सक्षम छन्। उत्तर कोरियाले उनीहरुको परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । विगतमा पनि यसो गरेको भन्दै उसलाई कडा प्रतिबन्ध लगाइएको थियो ।

देशको राज्य मिडियाले  किम जोङ-उनले यो परीक्षणको निर्देशन दिए र यो हतियार परमाणु युद्ध रोक्न महत्त्वपूर्ण हुने रिपोर्ट गरेको छ ।

ह्वासोंग-१७ आईसीबीएमलाई पहिलो पटक २०२० मा सैन्य परेडमा प्रस्तुत गरिएको थियो, जहाँ यसको 'अत्यन्त ठूलो' आकारले देशको रक्षा र हतियारका जानकारहरूलाई समेत चकित पारेको थियो।

मिसाइल प्रक्षेपण जापान र दक्षिण कोरियाले ट्र्याक गरेका थिए। जापानी अधिकारीहरूले  यो ६ हजार किमी (३७२८ माइल) को उचाइमा उड्यो र एक घण्टा भन्दा बढी उडान पछि जापानी सागरमा अवतरण गरेको उल्लेख गरेका थिए । - बिबिसी हिन्दीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077